Aamsanchar

बुद्धशान्तिबाट ब्राउन सुगरसहित तिन जना पक्राउ

Author Image
सोमवार, माघ ९, २०७९

झापा-झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर