Aamsanchar

प्रेमप्रसाद आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर झापाको कनकाईमा प्रदर्शन 

Author Image
बुधवार, माघ ११, २०७९

कनकाई । ‘काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैमाथि आगो लगाए आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले मृत्यु अघि सरकारलाई दिएको सुझाव र उनले उठाएको मागहरू समग्र व्यवसायिहरु को प्रतिनिधि माग हो र सरकारले तत्काल ति मागहरू पुरा गर्नु पर्छ,  पुरा नगरे अरु पनि व्यवसायी हरूले पनि बाध्य भएर आत्मदाह गर्नु पर्ने अवस्था आएको’ भन्दै झापाको कनकाई नगरपालिका सुरुंगा बजारमा व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराउन प्रर्दशनी र कोणसभा गरेका छन्

बुधबार साँझ ४ बजे सुरुङ्गा बजारमा व्यवसायीहरूद्वारा आचार्यको न्यायका लागि प्रदर्शन भएको हो । व्यवसायीहरूले  सुरुङ्गा बजार परिक्रमा गर्दै मुख्य चोकमा  प्रदर्शन गरेका  थिए । उनीहरूले मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन् ।

आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेका स्थानीय व्यवसायी जविन तिम्सिनाले बताएका छन् ।

कनकाई उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स कनकाई, महिला चेम्बर कनकाई, झापा उद्योग संघ जिल्ला समिति र नेपाल राष्ट्रिय उद्योगी व्यवसायी महासङ्घको संयुक्त संयोजनमा प्रर्दशनी गरिएको हो ।
बैंकको व्याज नियन्त्रण गर्नु पर्ने, बैंकका कर्मचारीले फोन बाट र घर घरमा आएर दिने गरेको दवाव, तनाव, धम्की दिने कार्य बन्द गराउनु पर्नेलगायतका मागहरू व्यवसायीहरूले राखेका छन् ।

कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी विमलीको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला चेम्बर कनकाईकी अध्यक्ष खिनमाया खतिवडा, कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौला, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सदस्य एवं कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमारमणि पोखरेललगायतले  सरकारले तत्काल व्यवसायीहरूको पिर मर्का बुझ्नु पर्ने माग रोखेका छन् ।
२०० भन्दा धेरै व्यवसायीहरू प्रर्दशनमा सहभागी रहेका थिए । कार्यक्रमको सञ्चालन झापा उद्योग संघका सदस्य सोमनाथ उप्रेतीले गरेका थिए ।

देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)