Aamsanchar

भन्सार छली ल्याइएको कपडासहित चार जना माेरङ प्रहरीकाे नियन्त्रणमा

Author Image
मङ्गलवार, माघ १७, २०७९

विराटनगर – भन्सार छली ल्याएको अवैध लत्ताकपडासहित मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

विराटनगर–१६ स्थित सीमावर्ती क्षेत्र दरैयाबाट प्रहरीले  अवैध रूपमा पैठारी गरी ल्याइएको लत्ताकपडासहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विराटनगर–१५ बस्ने १८ वर्षीय सहवाज आलम, २० वर्षीया महरिया खातुन, ३० वर्षीया खातुन मियाँ र सुनसरीको बर्जु–३ घर भएका ३५ वर्षीय महेश साह रहेका छन्।

प्रदेश १–०४–००१ ह ०१८० नम्बरको सिटीमा लेडिज, जेन्स र बच्चाको लत्ताकपडा लगायतका सामान भन्सार छली ल्याउँदै गरेको अवस्थामा सिटीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले जानकारी दिए।

बरामद गरिएको लत्ताकपडा अन्दाजी ५ लाख ५० हजार ५ सय रुपैयाँ मूल्य बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको लत्ताकपडा र सिटी सफारी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर