Aamsanchar

प्रहरी हिरासतको पर्खाल फोडेर भागेका थुनुवामध्ये थप एकजना पक्राउ

Author Image
बिहिवार, माघ १९, २०७९

धनुषा : इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर फरार थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गएराति पक्राउ गरेको हो। उनी मथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन्।

यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए। सिंहलाई र मण्डललाई म‌ंलबार पक्राउ गरेको  प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। महतो सोमबार पक्राउ परेका थिए।

गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए । फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर