Aamsanchar

असिना पीडित कनकाईकी कृषक देउमाया विक्षिप्त, ७ लाख लगानी गरेको ठाउँमा घाँसमात्रै बाँकी  

Author Image
शनिवार, चैत २५, २०७९

असिनाले उजाड भएको खरबुजा खेतीमा घाँस काट बसेकी कृषक देउमाया थापा । 

कनकाई ।  झापा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा बस्ने देउमाया थापा उनका छोरा राजकुमार थापा मेहनती अनि व्यवसायिक कृषक हुन् । विगत पाँच वर्ष देखि सोही ठाउँमा व्यवसायिक खेती गर्दै आएका आमा छोरा उदाहरणीय कृषकमा पर्दछन् । विगतका वर्षमा चैत्र अन्तिम र वैशाख महिनामा लगाएको कृषि वाली खरबुजा बिक्री गर्ने ध्याउन्नमा हुन्थे, वर्ष भरी अलि राम्रो आम्दानी लिन सकिने खेती खरबुजा नै थियो । तर अहिले भने ति परिश्रमी कृषकहरू खरबुजा खेतीमा भेटिदैनन् । कृषक राजकुमार आफूले लगाएको खरबुजा बारीमा जानै सकिरहेका छैनन् । देउमाया भने खरबुजा खेतीमा घाँस काट्न भने जान थालेकी छन् । उनको अनुहारमा निराशा र भय झल्किएको छ । यती शब्द पढिरहदा आखिरमा किन यस्तो भयो ? भन्ने कौतुहलता उत्पन्न भयो होला । कृषकहरू किन खरबुजा बारीमा जान सकेनन् भन्ने प्रश्न मनमा उत्पन्न हुन सक्छ ।

उनीहरूको हाल यो अवस्था आउनु को कारण हो, केही दिन अघि आएको हावापानी र असिनाले थापा परिवारले लगाएको खरबुजा खेतीमा पूर्ण रूपले क्षति पुगेको छ । एक हप्ता पछि खरबुजा बिक्रीका लागि बजारमा जाने अवस्था थियो तर असिनाले सबै फलहरूमा चोट पुर्याई दियो र बोटहरू पनि सबै नष्ट पारिदिएको छ । अहिले खरबुजा लगाइएको ठाममा कलिला फलहरू असिनाको चोटका कारणले छिन्न बिन्न बनेपनि ओइलाउन र थालेको छ । बोटहरू मरेका छन् ।
थापा परिवारले २ बिघा ५ कठ्ठामा खरबुजा, ५ कठ्ठामा काँक्रा र करिव ५ कठ्ठामा कागती खेती गरेका थिए । असिनाको कारण काँक्रा खेती पनि पूर्ण नष्ट भएको छ र फुल खेल्न थालेको र चिचिला बसेका कागती पनि सखाप भएको छ ।
खेती गरेर प्राप्त हुने आम्दानीले राम्रो लाउला, मिठो मसिनो खाउला भन्ने आशा र भरोसामा रहेका थापा परिवार अव के खाने के लगाउने भन्ने चिन्तामा पुगेको छ ।

वार्षिक ७० हजार तिर्ने सर्थमा जमिन भाडामा लिएर खेती गर्दै आएका थियौं । यस वर्ष  १ लाख भन्दा माथि खरबुजाको विउ खरिद गरेर रोपिएको थियो । खरबुजा, काँक्राको लागि गोडमेल औषधि, भिटामिन, मजदुर गरि ७ लाख माथि लगानी गरिसकेको कृषक देउमाया थापाले बताइन ।

सखाप भएको काँक्रा खेती । 

विगतका वर्षहरूमा यस सिजनमा ७ देखि १० लाख सम्मको खरबुजा मात्र बिक्री गर्ने गर्दथे, काक्रा,  घिरौला लगायतका वालीगरी खर्च कटाएर  ५ लाख सम्म बचाउने गरेको स्मण गर्दै यस वर्ष त वर्वाद नै भयो अब कसरी घरायसी खर्च धान्नु भन्दै थापाले चिन्ता व्यक्त गरिन ।

उक्त खेतीमा थापा परिवार बाहेक अर्को एक परिवार पनि आश्रित रहदै आएको थियो ।

गाई बस्तुलाई खोले पकाउन काट्न थुपारिएको खरबुजा । 

कुराकानीको क्रममा थापाले भनिन ‘असिना वर्सिन थाले पछि आफ्नो सर्वसो सकिएको जस्तो भयो, चिन्ताले सो वेलुका खाना पनि रुचेन, छोरा चिन्ताको कारण घर छोडेर निस्कियो, घरका केटाकेटीहरु पनि चिलविल भए । अझै सम्म मन ठेगानमा आएको छैन, क्षती भयो भनेर पिर चिन्ता लिएर मात्र नहुदो रहेछ, प्रकृतिले पुर्याएको क्षती, प्रकृतिबाटै असुल हुनेगरि फेरी खेती लगाउने सहास जुट्दै छ । तर त्यसका लागि बिउ किन्न लगानी नै चाईन्छ । कसरी पो खेती सुरु गर्ने ।’
वालीमा क्षती पुगेपछि धेरै मान्छेहरु आएर कत्रो क्षति भएछ कठै बरा भन्दै गए, नगरपालिका बाट ४ दिन पछि उपमेयर आशा शर्मा शिवाकोटी क्षतीको निरक्षण गर्न आउनु भयो त्यो बेला उहाँले नगरपालिका, सरकारको तर्फबाट केही राहत उपलब्ध गराउने आस्वसन दिएर जानु भयो । पहुँचवालले मात्र सुविधाहरु लिने गरेको सुनेको छु, हाम्रो पहुँच पुग्दैन होला, राहत पाईन्छ कि पाईदैन थाहाँ छैन भन्दै देउमाया थापा बोल्नै सकिनन ।

सरकार र नेताहरुले कृषि क्षेत्रलाई व्यसायिक बनाएर आत्मनिर्भर बन्नु पर्छ भन्दै खेती किसानी गर्न नागरिकलाई हौसाउने गरेका छन् । तर खेतीका लागि आधारभूत सहयोग भने पयाप्त उपलब्ध गराइएको छैन ।  नेपालमा कृषि क्षेत्रको विकास र प्रवर्धनमा ध्यान दिने हो भने देशले आर्थिक फड्को मार्न धेरै समय लाग्दैन । व्यवसायिक कृषिले रोजगारी र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने छ । तिन तहका सरकारले कृषि क्षेत्रको विकास र प्रर्वधनमा ध्यान दिन जरुरी हुन्छ । कृषि विमा, बिउ विजन, औषधि र मल सुलभ र सहज ढंगले उपलब्ध गराउने हो भने नेपालमा नेपालीले कृषि क्रान्ती नै ल्याउने निस्चित छ । यस्ता विपतबाट पुग्ने क्षतीलाई राहत उपलब्ध गराउन सरकारले छुट्टै कोष खडागर्न जरुरी छ ।  कनकाईमा क्षतीको कारण कृषकको मनोवल घटेको छ । कृषकहरुको मनोवल बढाउन नगरपालिकाले ठोस कदम चाल्ल जरुरी देखिएको छ । यस तर्फ सम्बन्ति पक्षको ध्यान जान सकोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
1
Views: 612

प्रतिक्रिया (०)

सम्बन्धित खबर