Aamsanchar

आज पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स खेल्ने

Author Image
सोमवार, मंसिर २५, २०८०

काठमाण्डौ –नेपाल सुपर लिग (एनएसएल)फुटबलमा आज पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स खेल्दैछन् ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको पोखराले चार खेलमा दुईमा जित र दुईमा बराबरी गर्दै ८ अङ्क जोडेको छ । ५ अङ्क भएर पाँचौँ स्थानमा रहेको काठमाण्डौले भने एकमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ ।

नेपाल सुपर लिगको शीर्ष स्थानमा ललितपुर सिटी छ । हिजोको खेलमा एफसी चितवनलाई ३–१ गोलले हराउँदै ९ अङ्क जोडेर ललितपुर सिटी एफसी शीर्ष स्थानमा पुगेको हो । ८ अङ्क रहेको धनगढी फुटबल क्लब दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर