Aamsanchar

संघीय सरकारले प्रदेशलाई माघ १५ भित्र प्रहरी हस्तान्तरण गर्छ : मुख्यमन्त्री कार्की

Author Image
सोमवार, पौष २३, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको  अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरुवा, बढुवाको विधि निर्माण गरेर पूर्वतयारीमा लाग्नुको विकल्प छैन ।’ उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महसुस हुने गरी काम गर्नुहोस् ।’ बजेट कार्यान्वयनको लागि द्रुत गतिमा मन्त्रालयको कामकाज अगाडि बढाउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन भएमा जनतासम्म सरकार पुगेको महसुस हुने बताएका छन् ।

मुख्यमन्त्री केदार कार्की । फायल फोटो ।

‘विपद जोखिम क्षेत्रको नक्साङ्कनको काम चाँडो सकेर विपद व्यवस्थापनको अगाडि बढाउनु होस्,’ उनले भने, ‘नक्साङ्कन पछि हामीले त्यस क्षेत्रका नागरिकलाई विपद् आउनु पूर्व नै सूचित गर्न सकिन्छ । बस्तीलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसकारण विपद्का बेला आत्तिने होइन पूर्वतयारीमा जुटौं ।’ मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको अब चाँडै नक्साङ्कनको काम अगाडि बढाउने तयारी रहेको जानकारी गराएका थिए ।

‘ट्राफिक सप्ताह होइन, सधैँ ट्राफिक अभियान चलाउन र सडकमा जोडिएका सिसि क्यामेराहरुको प्रभावकारी अनुगमन गर्नका साथै लागूऔषध नियन्त्रणको क्षेत्रमा गम्भीर भएर काम अघि बढाउनु होस्, उनले भने, ‘यस मन्त्रालय मातहत कानून पनि रहेकाले जुनसुकै विधेयक निर्माण गरेपछि पटक पटक पढेर मात्रै मन्त्रिपरिषद्मा लाग्नु पर्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर