Aamsanchar

लोभ त्यागेपछि मात्रै असल समाज बन्छ : मुख्यमन्त्री कार्की

Author Image
सोमवार, माघ १, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लोभ त्याग गरेपछि मात्रै असल समाजको निर्माण हुने बताएका छन् ।

हलुवाई साह समुदायको कूल देउता बाबा कंगाली शिबदत्त देवको पूजनोत्सवमा बर्जू गाउँपालिका–२ बेलगछियामा सोमबार मुख्यमन्त्री कार्कीले लोभले नभई निःस्वार्थ मनले असल समाज बन्ने गरेको बताएका हुन् । ‘समाजमा अहिले स्वार्थमा लिप्त् भएका व्यक्तिहरूको कारण समाज पछि परेको छ’ उनले भने, ‘अहिलेसम्म हुँदै आएको भौतिक विकासले परम्परागत समाज परिवर्तन नभएकाले चालू आर्थिक वर्षको बजेटबाट मानवीय विकास सुरु गरेका छौं ।’

प्रदेश सरकारले प्रत्येक पालिकामा गरीब र विपन्न परिवारका १/१ जना विद्यार्थीलाई छोराछोरी पशु र कृषि प्राविधिक निःशुल्क पढाउन सुरु गरिसकेको मुख्यमन्त्री कार्कीले बताएका हुन् । ‘गरीब परिवारका जेहेन्दार विद्यार्थीको चिकित्सा शिक्षा र इन्जिनियर पढ्ने सपना पैसा अभावमा अब अधुरो रहँदैन,’ उनले भने, ‘त्यसको लागि प्रदेश सरकारले छात्रवृतिको व्यवस्था गरेको छ । चालू आर्थिक वर्षबाट नै छात्रवृतिमा एमबीबीएस र इन्जिनियर पढाउन सुरु गरिरहेको छ ।’

प्रदेशभरिका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउन प्रदेशमा २५ लाखभन्दा कमको योजना कटौती गरेको मुख्यमन्त्री कार्कीले बताएका हुन् । ‘गाउँको मन्दिर छोडेर पाथिभरा, बराह क्षेत्र र हलेसीमा भाकल गर्ने चलन बढेको छ,’ उनले भने, ‘त्यसैले गाउँमा वडाध्यक्ष र पालिका प्रमुखले छान्ने योजना कटौती गरेर पाथिभरा, हलेसी र बराह क्षेत्रमा बजेट राखेका छौं । बर्जुलाई सहर बनाउन केसलीया कोरिडोर निर्माण सुरु गर्न लागेको छु ।’ बर्जु तालको पानी देखाएर होइन त्यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना ल्याउन लागेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर