Aamsanchar

प्रधानमन्त्रीकाे स्वकीय सचिवालयबाट १३ जनालाई हटाइयाे

Author Image
बुधवार, माघ ३, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो ।

माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् ।

उनीहरूलाई हटाउनुको कारण सचिवालयले स्पष्ट पारेको छैन । तर आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयलाई पनि सानो तर चुस्त पार्ने बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर