Aamsanchar

तीन ‘सेलिब्रेटी’ मेयरद्वारा राष्ट्रिय सभा निर्वाचन बहिस्कार

Author Image
बिहिवार, माघ ११, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन ‘सेलिब्रेटी’ मेयरले मतदान गरेनन् । बिहीबार भएको निर्वाचनमा उनीहरुले मतदान नगरेका हुन् ।

गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर चर्चामा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा मतदान नगरेका हुन् ।

सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएका निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर