Aamsanchar

मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्नु अपराध हो ? : मुख्यमन्त्री कार्की

Author Image
शनिवार, माघ २०, २०८०

शिवसताक्षी  । मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्नु अपराध हो भन्दै प्रश्न गरेका छन् ।

झापाको शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा मुख्यमन्त्रीसँग योजना र विकाससम्वन्धी जनता संवाद कार्यक्रममा उनले मुख्यमन्त्रीसम्म वडामात्रै नभई टोलटोल र घरघरका सदस्यहरूको समेत पहुँच हुनुपर्ने मान्यताका साथ जनतासँगको संवाद कार्यक्रममा प्राथमिकताका साथ उपस्थित भएको बताएका हुन् । झयसअघि प्रदेश सरकारका एक मन्त्रीले सेकुवा हाउसको उद्घाटन गरेको भन्दै आलोचना भइरहेको हेर्दा अचम्म लागेको छ,ञ उनले भने, झसेकुवा हाउस सञ्चालनले स्थानीयस्तरमा आर्थिक गतिविधि, रोजगारी सृजनाका साथै आय आर्जन वृधि हुने कामलाई प्रदेश सरकारले प्रोत्साहन गर्नु अपराध हो रु प्रदेश सरकारले प्रदेशवासीले गर्ने हरेक रोजगारी र आय आर्जन हुने कामको प्रोत्साहन गर्छ ।

लोककल्याणकारी प्रदेश निर्माणका लागि भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको मुख्यमन्त्री कार्कीले बताएका हुन् । झप्रदेशभरिका गाउँ र टोलका मन्दर, सामुदायिक भवन, साना सडकलगायतका २५ लाखमुनिका योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, शैलजाल आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालन जस्ता काम गरेको छु,ञ उनले भने, झआर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरेको छु, के त्यो अपराध भयो रु यदी अपराध भयो भने होस् । विपन्न गरिवको पनि प्रदेश हो भन्ने स्थापित गराउँछु ।ञ आफ्ना बालबालिकालाई भोकै छाडेर समुदायभरिका छोराछोरीलाई खोप खुवाउनुका साथै स्वास्थ्य सेवा दिने महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान तथा प्रोत्साहन, ऋण लिएर जग्गा खरिद गर्ने सुकुम्वासीलाई ब्याज अनुदान जस्ता कार्यक्रम हुनेखाने वर्गलाई लक्षित योजना काटेर ल्याएको मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले भाकल पाथिभारा, बराह क्षेत्र, हलेसीमा गर्ने, वृद्ध बुवाआमालाई भारतको विभिन्न धार्मिक स्थलको दर्शनका लागि लग्ने तर आगनको जुठेल्नामा मन्दिर बनाउने बजेटमा ल्याएइको योजना काटेर हलेसी, पाथिभरा र बराह क्षेत्रका लागि विनियोजन गरेको बताएका थिए ।

उक्त संवाद कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी वडा ३ का वडा अध्यक्ष भास्कर न्यौपानेलगायतका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयवासीले प्रदेश सरकारले साना योजना कटौति गरेको भन्दै गुनासो पोखेका थिए । उक्त कार्यक्रममा स्थानीयवासीले आ(आफ्ना टोल, समुदायमालआवश्यक योजनाहरूसमेत मुख्यमन्त्री कार्कीलाई लिखित रूपमा बुझाएका थिए ।

उक्त कार्यक्रमको अवसरमा स्थानीय ६ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरणका साथै वडा कार्यालयले सञ्चालन गरेको सिलाई, कटाई तालिमको समेत मुख्यमन्त्री कार्कीले अबलोकन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर