Aamsanchar

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

Author Image
शनिवार, चैत ३, २०८०

पोखरा- पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।

उहाँले चैत्र ४ गते आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताउनुभयो । पर्यटकीय राजधानी घोषणा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने प्रमुख आचार्यले बताउनुभयो ।

पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा वसुन्धरा पार्कदेखि विभिन्न झाँकीसहितको र्‍याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने बताउनुभयो । पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने जानकारी दिनुभयो । पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको बताउनुभयो ।

उहाँले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)