Aamsanchar

कोसी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की नियुक्त

Author Image
शुक्रवार, चैत ९, २०८०

विराटनगर – कोसी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की नियुक्त भएकी छन् । कार्की पूर्वप्रदेशसभा सदस्य हुन् ।‌

प्रदेश मन्त्रिपरिषद्ले बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गरेको छ । यसअघि उपाध्यक्ष रहेकी जीना कार्की अमेरिका गएपछि पद रिक्त थियो ।

बैठकले प्रदेशसभाका दुईजना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँट गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छ्यौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीप सुनुवारले बताए ।

सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डीपी पोर्टल’ प्रयोगमा ल्याउने निर्णय समेत भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर