Aamsanchar

पुलिसलाई हराउदै एभरेष्ट बन्यो महिला भलिबल च्याम्पियन

Author Image
शनिवार, चैत १०, २०८०

काठमाडौँ । एभरेष्ट भलिबल क्लबले एनभिए भलिबल महिला च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनल खेलमा एभरेष्टले नेपाल पुलिस क्लबलाई ३(१ सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपाल पुलिस डिफेन्डिङ च्याम्पियन समेत हो ।

नेपाल पुलिसले पहिलो सेट जितेपनि त्यसपछिका तिनै सेट एभेरेस्टले जितेर उपाधि कब्जा गरेको थियो । एभरेष्ट क्लबमा ष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित
रहेका थिए ।

यो जितसँगै एभरेष्ट भलिबल क्लबले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख नगद पुरस्कार पाएको छ ।

यस अघि शुक्रबार सम्पन्न तेस्रो स्थानको खेलमा विभागीय टिम एपीएफ विजयी भएको थियो । एपीएफले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो भएको एपीएफले एक लाख २५ हजार पाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर