Aamsanchar

नेपाली राष्ट्रिय टोलीले आज बहराइनविरुद्ध दोस्रो लेग खेल्दै

Author Image
मङ्गलवार, चैत १३, २०८०

काठमाडौं – फिफा विश्वकप–२०२६ छनोट अन्तरगत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ।

बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।

समूह ‘एच’मा रहेको नेपाल दोस्रो चरणमा अंकविहीन छ। नेपाल यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो।

बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो। तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर