Aamsanchar

दाङको घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता सुरु

Author Image
बिहिवार, मंसिर १३, २०८१

घोराही- घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल संघ दाङको प्राविधिक सहयोेगमा घोराही उपमहानगरपालिका–१८ सालघारीस्थीत कोर्डमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको हो ।

प्रतियोगिताको घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख हुमा डिसीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि डिसीले खेलकुद विकासका लागि घोराहीले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

स्वस्थ नागरिक उत्पादनका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको भन्दै खेलकुदका गतिविधि चलाएमान बनाउन पूर्वाधार विकास आवश्यक रहेको बताउनुभएको थियो । उपप्रमुख डिसीले भन्नुभयो, ‘खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार विकास हुन आवश्यक छ । स्थानीय तहका रुपमा घोराही उपमहानगरपालिकाले लगानी गरेर फुटवल, क्रिकेट, बास्केटवललगायतका खेलका लागि पूर्वाधार विकासको काम गरिरहेको छ ।’उहाँले स्थानीय सरकार एक्लैले ठुलो लगानी गर्न नसक्ने भएकाले तीनै तहको सहयोगमा खेलकुदका पूर्वाधार निर्माण गर्न सकिने बताउनुभएको थियो ।

मङ्सिर १५ गतेसम्म सञ्चालन हुने दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिता लिग चरणमा सञ्चालन भइरहेको खेल संयोजक विमल थापाले जानकारी दिनुभएको छ । खेल क्षेत्रको विकाससँगै खेलाडीलाई क्षमता विकासमा सहयोग गर्ने उद्देश्यले गत वर्षदेखि नगर स्तरीय बास्केटबल प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगिताको बिजेता टिमले नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर