![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/InShot_20241208_144126743.jpg)
काठमाण्डौ – भारतसँगको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । भारतले दिएको १८ रनको लक्ष्य अष्ट्रेलियाले कुनै पनि विकेट नगुमाई भेटाएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
पहिलो पारीमा एक सय ५७ रनले पछि परेको भारतले दोस्रो पारीमा एक सय ७५ रनमा अलआउट भएपछि अष्ट्रेलियाले जम्मा १८ रनको लक्ष्य पाएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
दोस्रो पारीमा भारतलाई एक सय ७५ रनमा अलआउट गर्न अष्ट्रेलियाका प्याट कमिन्सले पाँच, स्कट बोलान्डले तीन र मिचेल स्टार्कले दुई विकेट लिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
यसअघि पहिलो पारीमा ट्रेभिस हेडको एक सय ४० रन मद्दतमा अष्ट्रेलियाले तीन सय ३७ रन बनाएको थियो । पहिलो खेल भारतले जितेको थियो, दोस्रो खेल अष्ट्रेलियाले जितेसँगै चार खेलको शृङ्खला एक÷एकको बराबरीमा आएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 28