![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/InShot_20241213_130225710.jpg)
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्यो । लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । कर्णालीका जीशन मक्सूदले २ विकेट लिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायो । लुम्बिनीका विकाश आग्रीले ३ विकेट लिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
यो जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जोडेर प्रतियोगिता सकाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
एनपीएल क्रिकेटको आजको दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किङ्ग्स र चितवन राइनोज खेल्दैछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 34