Aamsanchar

एसीसी १९ वर्षमुनिको महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविही

Author Image
बिहिवार, पौष ४, २०८१

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको महिला एशिया कपको सुपर–फोर मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो ।

मलेसियाको क्वालालम्पुरमा श्रीलङ्काले १ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको अवस्थामा खेलमा वर्षा बाधक बनेको हो । नेपालकी कप्तान पूजा महतोले १ विकेट लिइन् । टस जितेर नेपालले बलिङ रोजेको थियो । यो बराबरीसँगै नेपालले श्रीलङ्काले १/१ अङ्क बाँडेका छन् ।

यस्तै सुपर–फोरुअन्तर्गत आज भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । बङ्गलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ४७ बलअघि नै २ विकेट गुमाएर भेटायो ।

नेपालले सुपर–फोरु को दोस्रो खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताको समूह एु बाट भारत र नेपाल तथा समूह बीुबाट बङ्गलादेश र श्रीलङ्का सुपर–फोरु मा पुगेका हुन् । महिला एशिया कपको फाइनल खेल आउँदो आइतवार हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर