Aamsanchar

महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायाे

Author Image
शनिवार, माघ ५, २०८१

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले स्कटल्याण्डलाई हराएको छ । मलेसियामा भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा एक विकेट गुमाएर भेटायो । उसका लागि केट पेल्लेले २९ र इन्स म्याककेअनले १२ रन बनाए ।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डको लागि इमा वालसिङघमले १२ र चार्लोट नेभार्डले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाका इलिनोर लारोसा र काओमी ब्रेले ३र३ तथा हसरत गिलले दुई विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर