कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा आजदेखि शुरु भएको प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ मा चार खेल सम्पन्न भएको छ ।
सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा शुरु भएको प्रतियोगितामा आज पहिलो दिनको खेलमा मेचीनगर नगरपालिका, झापा गाउँपालिका, बेलबारी नगरपालिका र शिवसताक्षी नगरपालिका विजयी भएका छन् ।

आयोजक भर्सेज मेचीनगर बीच भएको पहिलो खेलमा मेचीनगर नगरपालिका, झापा गाउँपालिका र उर्लाबारी नगरपालिका बीच भएको दोस्रो खेलमा झापा गाउँपालिका, दमक नगरपालिका र बेलबारी नगरपालिका तेस्रो खेलमा दमक नगरपालिका उपस्थित नभएपछि वाक ओभरमा बेलबारी नगरपालिका सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठकले जानकारी दिनुभयो । त्यसैगरी, कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिका बीच भएको चौथो खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ।

सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष पाठकको अध्यक्षताको कार्यक्रममा कोशी प्रदेशका भूमि, सिँचाई तथा खानेपानी मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतियोगितामा कनकाई नगर खेलकुद समितिका अध्यक्ष जविन तिम्सिना, कनकाई सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष खेम ओली, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा क्याम्पस प्रमुख विकास उप्रेती, वडा नं। ३ का अध्यक्ष युवराज चौलागाईं लगायतले शुभकामना राखेको जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताए।


सुरुङ्गा जेसीज सन् २०२४ का सञ्चार संयोजक तथा प्रतियोगिताका संयोजक जेनिस चौलागाईले स्वागत गरेको कार्यक्रममा जेसीजको आस्था वाचन जेसी सरिता गुरागाँईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सुरुङ्गा जेसीज सन् २०२४ का महासचिव रिसवसिंह चाहारले गरेका थिए।
भोलि आइतबार पनि चार खेल हुने बताएको छ । पहिलो खेलमा भद्रपुर र गौरादह नगरपालिका, दोस्रो खेल बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिका, तेस्रो खेलमा सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र मेचीनगर नगरपालिका बीच छ भने हुने अन्तिम खेलमा झापा गाउँपालिका र टिभिए सिक्किमको पाहुँ टोलीसँग प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इनटरनेशनल बिल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराउने जनाइएको छ । मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको पशुपति अंग्रेज़ी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकुद समिति रहेको छ ।