

काठमाडौं – भारतमा जारी खोखो विश्वकपको पहिलो संस्करणको उपाधि भिडन्तमा आज घरेलु टिम र नेपालबीच प्रतिस्पर्धा हुँदै छ ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा पुरुषतर्फको फाइनल खेल नेपाली समयानुसार बेलुका ८ बजे सुरु हुनेछ । समूह चरणमा भारतले नेपाललाई ४१–३७ ले पराजित गरेको थियो ।

नेपालले महिलातर्फको फाइनलमा पनि भारतकै सामना गर्नेछ । यो खेल आजै राति ७ः१५ बजे सुरु हुनेछ ।

नेपाली पुरुष टिम समूह ‘ए’को उपविजेता बन्दै क्वार्टरफाइनलमा आएको थियो । नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ र सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गरेको थियो ।


नेपाली महिला टिम भने अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो । महिलातर्फ नेपालले क्वार्टरफाइनलमा इरानविरुद्ध १०३–८ र सेमिफाइनलमा युगान्डामाथि ९–१ को सहज जित निकालेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 43