Aamsanchar

कनकाई कप : उपाधिका लागि बेलबारी र टिभिए सिक्किम भिडने

Author Image
सोमवार, माघ ७, २०८१

सुरुङ्गा । प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को फाइनलमा मोरङको बेलबारी नगरपालिका र सिक्किमको टिभिए टोलीबीच रोमाञ्चक भिडन्त हुने भएको छ। प्रतियोगिताको फाइनल खेल मंगलबार दिउँसो १२ बजे सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा हुनेछ।
आज सम्पन्न सेमिफाइनल खेलहरुमार्फत यी दुई टोलीले आफ्नो फाइनल यात्रा सुनिश्चित गरेका हुन्। पहिलो सेमिफाइनलमा बेलबारी नगरपालिकाले ताप्लेजुङको सिदिङ्ग्वा गाउँपालिकालाई २५–२१, २७–२५ र २५–१७ को सेटमा हराउँदै फाइनलमा प्रवेश गर्‍यो। दोस्रो सेमिफाइनलमा सिक्किमको टिभिए टोलीले झापाको शिवसताक्षि नगरपालिकालाई २५–२२, २५–६ र २५–१७ को सहज स्कोरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गर्‍यो।

महिला भलिबलको उपाधि भिडन्त पनि मंगलबार
फाइनल खेलअघि कनकाई नगरपालिका र झापा गाउँपालिकाका महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेताले नगद पुरस्कार, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पुरस्कार र प्रायोजकको योगदान
प्रतियोगितामा विजेता टोलीलाई नगद १,११,१११ रुपैयाँ, ट्रफी, र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो स्थान प्राप्त गर्ने टोलीले ६१,१११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट टिभी दिइनेछ भने विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही ५,१०० रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताको पहिलो पुरस्कार इजरायल निवासी प्रेम उप्रेतीले प्रायोजन गरेका छन् भने दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराएका हुन्।

दर्शकको उत्साह र उद्देश्य
सुरुङ्गा जेसीजको आयोजनामा भइरहेको यो प्रतियोगिता खेलकुदको प्रवर्द्धन र नयाँ खेलाडी उत्पादनको उद्देश्यले आयोजना गरिएको हो। आयोजक समितिका अध्यक्ष दुर्गा पाठकका अनुसार खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति र स्थानीय सहयोगले कार्यक्रमलाई थप उत्साहजनक बनाएको छ।

आजको खेलमा विभिन्न संघ९संस्थाका प्रमुख र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। फाइनल खेलसँगै यो प्रतियोगिता एउटा महत्वपूर्ण खेलकुद महोत्सवको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

अब उपाधि कसले हात पार्लारु बेलबारी मोरङ वा टिभिए सिक्किम—जवाफ भोलिको फाइनलले दिनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर