Aamsanchar

पोखरा गोल्डकप : साविक विजेता त्रिभुवन आर्मी र चर्च ब्वाइज प्रतिस्पर्धा गर्दै

Author Image
सोमवार, माघ २८, २०८१

पोखरा- २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा सोमबार साविक विजेता त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनलमा खेल्न लागेको हो । गत वर्षको विजेता आर्मी भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यी दुई टोली लगातार दोस्रो वर्ष आहारारा पोखरा गोल्डकपमा खेल्न लागेका हुन् । गत वर्ष भएको २३औं संस्करणको सेमिफाइनलमा आर्मी र चर्च ब्वाइज भिडेका थिए जहाँ चर्च ब्वाइजलाई २(१ ले हराएर आर्मी फाइनल पुगेको थियो र फाइनलमा थ्रीस्टारलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । यसपटक आर्मीमा राष्ट्रिय टिमका जिलेस्पी जंग कार्की, राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विकेश कुथुलगायत खेलाडी छन् ।

उता बुढासुब्बा र आहारारा पोखरा गोल्डकपमा खेलाडी बाँडेर खेलाएको चर्च ब्वाइजका लागि अघिल्लो खेलमा सर्ज डिकाले कप्तानी गरेका थिए । यस्तै गोलकिपर टिकेन्द्र थापा थिए । टिकेन्द्रले नै तीन पेनाल्टी रोक्नै पेनाल्टीमा गोल पनि गरेपछि चर्च ब्वाइज विजयी भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर