Aamsanchar

ब्रदरहुड नेप्लिज स्पोर्ट्सले नाबीजादा मेमोरियल कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने

Author Image
शुक्रवार, फागुन २, २०८१

टोरन्टो ।  फेब्रुअरी १७, २०२५ – ब्रदरहुड नेप्लिज स्पोर्ट्स क्लब (बीएनएससी) ले छैठौं फिर्दोस नाबीजादा मेमोरियल कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। प्रतियोगिता क्यानडा सकरद्वारा मान्यता प्राप्त रहेको छ र फेब्रुअरी १७, २०२५ मा ओन्टारियो सकरको इन्डोर एरिनामा आयोजना हुनेछ।

बीएनएससीका प्रवक्ता अमृत वस्तीका अनुसार, क्लबलाई उक्त प्रतियोगितामा सहभागी हुन पाउनु गौरवको विषय हो। प्रतियोगितामा क्यानडियन लिग तथा लिगा वनका अनुभवी खेलाडीहरूले समेत भाग लिने भएकाले प्रतिस्पर्धा उच्चस्तरको हुने अपेक्षा गरिएको छ।

बीएनएससीका प्रशिक्षक प्रकाश जंग शाहले खेलाडीहरू तयारी अवस्थामा रहेको र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

बीएनएससीका अध्यक्ष सुशान्त राउतका अनुसार, नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुनु क्लबका लागि गौरवको कुरा हो। क्यानडामा नेपाली समुदायबीच फुटबलप्रतिको आकर्षण बढ्दै गइरहेको उल्लेख गर्दै उनले बीएनएससीले अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा समेत सफलता हात पारिरहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर