कतार । कतारमा क्रियाशील झापाली समाजले ११औं अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। ग्राण्डमलस्थित वेल फेयर रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले चानिलाल राजबंशीलाई अध्यक्ष र बिमल भारतीलाई महासचिव पदमा सर्वसम्मत चयन गरेको हो।


नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष गणेशप्रसाद दुलाल, द्धितीय उपाध्यक्ष किरण परियार, सचिव शारदा भुजेल र कृष्ण कार्की, कोषाध्यक्ष लोक थापा तथा सह-कोषाध्यक्ष युबराज बराल निर्वाचित भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यमा भुपेन्द्र भारती, रानाबहादुर निरौला, बिनिता चौधरी, किरण राजबंशी, अजय गिरी, लुखिराम टुडु, पुजन गिरी, सरु टुडु, बाचसपति आचार्य, लक्ष्मी उप्रेती, बिशाल राजबंशी, रविन काफ्ले र बिष्णुप्रसाद शर्मा चयन भएका छन्।


कार्यक्रम झापाली समाजका अध्यक्ष केशव कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना प्रमुख अतिथि रहेका थिए। अन्य सम्माननीय अतिथिहरूमा महेन्द्र चम्लागाईं, चुडामणि कार्की, नविन पोखरेल, झापाली समाजका संरक्षकहरू तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


समाजका निवर्तमान उपाध्यक्ष चानिलाल राजबंशीले अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रममा समाजको योगदानको कदर गर्दै विभिन्न व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।
सांस्कृतिक झल्को प्रस्तुत गर्दै सन्थाल समुदायको झाक्री तथा दङ नृत्य, राजबंशी भेषभूषासहितको नृत्य तथा झापाली कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रह्यो। प्रमुख अतिथि ढुंगानाले झापाली समाज कतारको सक्रियता र योगदानको उच्च प्रशंसा गर्दै समुदायको पहिचान जगेर्ना गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रमको सहजीकरण महासचिव बिमल भारती र शारदा भुजेलले संयुक्त रूपमा गरेका थिए। झापाली समाज कतारको यो अधिवेशन झापाली समुदायको एकताको प्रतिक बनेको थियो।