Aamsanchar

आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दै

Author Image
बुधवार, वैशाख २४, २०८२

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरू हुनेछ ।

कोलकाता ११ खेलमा ११ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चेन्नई समान ११ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।

गएराति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई तीन विकेटले हराउँदै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

जीतसँगै गुजरातको ११ खेलमा १६ अङ्क भएको छ । चौथो स्थानमा रहेको मुम्बईको १२ खेलमा १४ अङ्क रहेको छ ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर