Aamsanchar

बिर्तामोडका व्यवसायी बिनोद बस्नेतको निधन, प्रारम्भिक अनुसन्धानले आत्महत्याको आशंका

Author Image
शुक्रवार, वैशाख २६, २०८२

झापा ।  झापा बिर्तामोड–१ निवासी चर्चित व्यवसायी तथा सामाजिक व्यक्तित्व बिनोद बस्नेतको निधन भएको छ। आज (शुक्रबार) बिहान करिब ९:३० बजे आफ्नै घरको माथिल्लो तलामा उनी पासो लागेको अवस्थामा मृत भेटिएका हुन्।

अटोमोवाइल्स, पेट्रोलियम, चिया लगायतका क्षेत्रमा सफल व्यवसाय गर्दै आएका बस्नेत समाजसेवामा पनि सक्रिय थिए। उनी झापा गोल्डकपका निवर्तमान अध्यक्ष, मेची पेट्रोलियम व्यवसायी संघका महासचिव, जेसीज समाजका पूर्व अध्यक्ष तथा ‘एकका लागि एक अभियान’ का सहसंयोजक समेत थिए।

सधैं युवाहरुलाई प्रेरणा र मार्गदर्शन दिने सक्रिय व्यक्तित्वका रुपमा चिनिने बस्नेतको निधनको खबरले बिर्तामोड क्षेत्र शोकमग्न बनेको छ। घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। प्रारम्भिक सूचनाका आधारमा आत्महत्याको आशंका गरिएको भए पनि घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमको तयारी भइरहेको छ। सामाजिक, पारिवारिक तथा आर्थिक रुपमा सम्पन्न मानिने बस्नेतको यस असामयिक निधनले परिवार, साथीभाइ र शुभचिन्तकहरूलाई गहिरो शोकमा डुबाएको छ।

उनको निधनले बिर्तामोडको सामाजिक–व्यवसायिक क्षेत्र एक सक्रिय व्यक्तित्व गुमाएको अनुभूति गरिरहेको छ।

Views: 2883

प्रतिक्रिया (०)