Aamsanchar

१७ मेबाट आइपीएल पुनः सुचारु हुने

Author Image
मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएल १७ मेबाट पुनः सुचारु हुने भएको छ। भारतीय क्रिकेट बोर्ड ९बिसिसीआइ०ले सोमबार एक विज्ञप्ति जारी गर्दै १७ मेबाट आइपीएल पुनः सुचारु हुने जानकारी दिएको हो।

 

नयाँ निकालिएको तालिकामा १७ मेबाट सुरु हुने आइपीएल जुन ३ मा सकिनेछ।

भारत र पाकिस्तानबीचको सीमा तनावका कारण ८ मेमा भइरहेको खेल पनि बीचमा रोकी त्यसपश्चात् खेल अनिश्चितकालका लागि रद्द गरिएको थियो।

नयाँ निकालिएको तालिकामा छ वटा भेन्युबाट आइपीएलको बाँकी १७ खेल खेलाइनेछ। जसमा दुईवटा डबल हेडर हुनेछन्। बैंग्लोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा अब बाँकी रहेका आइपिएलका खेलहरू खेलाइनेछन्।

आइपीएलमा अब १३ लिग म्याच र चारवटा प्लेअफका खेलहरू बाँकी रहेका छन्।
८ मेमा सम्पूर्ण रङ्गशालाका लाइटहरू बन्द भइ रद्द भएको पन्जाब किङ्स र दिल्ली क्यापिटल्स बीचको खेल पुन खेलाइनेछ। यो खेल २४ मेमा जयपुरमा पुन खेलाइनेछ।

तालिकामा पहिलो क्वालिफायर मे २९ मा खेलाइनेछ । एलिमिनेटरको खेल मे ३० मा, दोस्रो क्वालिफायर जुन १ मा र फाइनल ३ जुनमा हुनेछ।

 

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर