चारपाने । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशका सचिव कुमार भट्टराईलाई पितृशोक परेको छ। उनका पिता रामप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा निधन भएको हो।


केही समयदेखि अस्वस्थ रहँदै आएका भट्टराईको आइतवार झापाको हल्दिवारी–२ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।


रामप्रसाद भट्टराईकी श्रीमती जानुका भट्टराईसहित तीन छोरा र सात छोरी रहेका छन्। उनका छोराहरूमा कुमार भट्टराई (पत्नी–सीता), मोहन भट्टराई (पत्नी–टीका), र धनपति भट्टराई (पत्नी–रमा) छन्। छोरीहरूमा गोमा कँडेल, प्रेमकुमारी कँडेल, लक्ष्मी खनाल, निर्मला पठक, सीता शिवाकोटी, सपना शर्मा र अम्बिका शिवाकोटी रहेका छन्।

पाँचथरको च्याङथापुमा जन्मिएका भट्टराई लामो समयदेखि हल्दिवारीमा बसोबास गर्दै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए।

स्व. भट्टराईको अन्त्येष्टि सोमबार कनकाई नदीको माइघाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।




