Aamsanchar

मन्त्रिपरिषद्को बैठक जारी

Author Image
मङ्गलवार, मंसिर ३०, २०७७

काठमाण्डौ – अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । आजको मन्त्रिपरिषद् बैठकलाई नियमित बैठक भनिए पनि महत्त्वका साथ हेरिएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बेलुका ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर