Aamsanchar

संसद विघटनका विरुद्ध नेकपा सांसदहरूको हस्ताक्षर संकलन

Author Image
सोमवार, पौष ६, २०७७

काठमाडौं । संसद विघटनका विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् । सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरूले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरू पनि पुगेका छन् ।

Views: 353

प्रतिक्रिया (०)

सम्बन्धित खबर