Aamsanchar

संसद विघटनको वैधानिकता परीक्षण सर्वोच्चले गरे पनि निर्वाचनमा जानु सहि विकल्प : कमल थापा

Author Image
मङ्गलवार, पौष ७, २०७७

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन्। उनले मंगलबार बिहान एक ट्विट गर्दै यसो भनेका हुन्। संसद विघटनको वैधानिकता परीक्षण सर्वोच्चले गरे पनि निर्वाचनमा जानु सहि विकल्प भएको उनले बताएका छन्।

संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तरु, उनले ट्विटमा उल्लेख गरेका छन्, घोडा व्यापारु र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्परअवसर हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)