Aamsanchar

उपाध्यक्ष बामदेवलाई आफ्नो पक्षमा पार्न खनाल, नेपाल र श्रेष्ठ भैँसेपाटीमा

Author Image
मङ्गलवार, पौष ७, २०७७

काठमाडौँ । प्रचण्ड–नेपाल समुहका शीर्ष नेताहरु लतिलपुरको सानेपास्थित नेकपा उपाध्यक्ष बामदेव गौतमको निवासमा पुगेका छन् । गौतमले कुनै पनि समूहको भेलामा सहभागी हुन अस्वीकार गरेपछि शीर्ष नेताहरु भैँसेपाटी पुगेका हुन् ।

नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैँसेपाटी पुगेका थिए । बिहान करिब १० बजेर २० मिनेटदेखि नेताहरुबीच छलफल शुरु भएको थियो ।गौतमले आफु पार्टी फुटको साक्षी बस्न नसक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भङ्ग गरेपछि ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले आआफ्नो समूहका बैठक र भेला गरिरहेका बेला कुनै पक्षमा पनि सहभागी नभएका गौतमले ‘फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु’, भनेका छन् ।

गौतमले राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गरेकोलाई दुःखद् घटनाको संज्ञा दिएका छन्। संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम हो भन्ने धारणासहित गौतमले आइतबार नै विज्ञप्ति जारी गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)