Aamsanchar

प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल

Author Image
आइतवार, पौष १२, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ ।

प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि धकेलाधकेल भएको हो । स्रोतका अनुसार ओम बस्नेत लगायतका नेताले ताला खोल्न खोजेपछि विवाद भएको थियो । स्थिति उग्र हुने संकेत पाएपछि प्रशासनले समन्वय गरेर बैठक स्थगित गर्न अनुरोध गरेको छ । कार्यक्रम रोकिने भएपछि अहिले भिड साम्य हुँदै गएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)