Aamsanchar

पहिलो पटक मन्त्री बनेकी जुलीलाई १०१ किलाेकाे माला लगाएर गृह जिल्लामा स्वागत

Author Image
मङ्गलवार, पौष २१, २०७७

महोत्तरी – पहिलो पटक मन्त्री बनेर गृह जिल्ला धनुषा आउनुभएकी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको छ । मङ्गलबार गृह जिल्ला धनुषा आउनुभएकी मन्त्री महतोलाई जनकपुर विमानस्थलमा नेता कार्यकर्ताहरूले एक सय एक किलोको माला लगाएका हुन् ।

त्यस्तै मन्त्रीको स्वागतका लागि गाँउगाँउबाट बिहानैदेखि सवारीसाधनमा नेता कार्यकर्ताहरू जनकपुर पुगेका थिए । विमानस्थलबाट विगतमा नेकपा एमालेकोको चुनावी गीत घन्काउँदै निस्केको जुलुसमा कार्यकर्ताभन्दा पनि बढी गाडीको लर्को देखिएको थियो ।

नेकपा दुई खेमामा विभाजित भएपछि जुली महतो र उहाँका श्रीमान् धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रघुवीर महासेठ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्नु एको थियो । दुवै जना ओली पक्षमा लागेपछि जुलीलाई मन्त्री बनाइएको थियो । जुली आउँदो चुनावमा धनुषा क्षेत्र नम्बर ३ बाट उठने चर्चा चलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)