Aamsanchar

नेकपा विभाजन रोचक मोडमा : दुवै समूहको विभाजनले मान्यता नपाउने निर्वाचन आयोगको निर्णय

Author Image
आइतवार, माघ ११, २०७७

काठमाण्डौ- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको माग दाबीलाई अस्वीकार गरेको छ । आइतबार कार्यालयमा बसेको निर्वाचन आयोगको बैठकले नेकपाको दुवै समूहको माग दाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको हो ।आयोगले नेकपाको प्रचण्ड-नेपाल र केपी ओली समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको हो । नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभइ ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए ।

नेकपाको दुवै पक्षबीच दलको नाम, विधान, झण्डा वा चिह्न, दलको पदाधिकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद छ। तर आयोगले अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाको नेतृत्वमा कायम रहेको जनाएको छ । यो निर्णयसँगै नेकपा विभाजन रोचक मोडमा पुगेको छ ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपामा प्रचण्ड-नेपाल र ओली गरि दुई समूह बनेको छ । यसअघि निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)