Aamsanchar

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला स्वीकार गर्ने

Author Image
सोमवार, फागुन २४, २०७७

काठमाडौँ।  साविक नेकपा ओली पक्षले सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्दै अघि बढ्ने निर्णय गरेको सांसद खिमलाल भट्टराईले जानकारी दिए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । नेकपा बारेको रिटमाथि अदालतमा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको थियो।

 

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर