Aamsanchar

शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक चैत ३ गते बस्ने गरी स्थगित

Author Image
बुधवार, फागुन २६, २०७७

काठमाडौं – प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बहालवाला सांसद तथा पूर्व सांसदहरुको मृत्युमा शोक प्रस्ताव पारित गरेर सकिएको हो। अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। बैठक सुरु हुनुअघि नै संसद् भवन नयाँ बानेश्वर पुगेका उनी करिब १० मिनेट बसेर बाहिरिएका थिए। पुनःस्थापनापछि पहिलोपटक फागनु २३ गते बसेको बैठकमा कांग्रेसले अवरोध र नेकपा प्रचण्ड-माधव पक्षले बहिष्कार गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर