Aamsanchar

एमालेको नेपाल पक्षद्वारा विभिन्न संगठनमा समानान्तर कमिटी गठन

Author Image
शनिवार, फागुन २९, २०७७

काठमाण्डौ – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले विभिन्न संगठनमा समानान्तर कमिटी गठन गरेको छ । काठमाण्डौमा बसेको नेपाल पक्षीय स्थायी कमिटीको बैठकले प्रदेश र विभिन्न कमिटीमा नेतृत्व चयन गरेको हो । अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुलाई हटाएर संगठनको नेतृत्व हेरफेर गरेपछि नेपाल पक्षले पनि कमिटीमा समानान्तर नेतृत्व चयन गरेको हो ।

नेपाल समूहले प्रदेश १ को प्रमुख भीम आचार्यलाई, प्रदेश दुईमा घनश्याम भुसाललाई, वाग्मतीमा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ । यस्तै विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्टलाई, युवा विभागमा रघुजी पन्तलाई, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिएको छ । स्थायी कमिटीका सदस्यहरुले अध्यक्ष केपी ओलीको मनपरीविरुद्ध डटेर लड्ने प्रणसमेत गरेका एक नेताले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर