

बिर्तामोड। नेपाली कांग्रेस झापा क्षेत्र नं। २ का महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका छन् ।

थापाले आज बिहान कांग्रेस झापा सभापति देउमान थेवेलाई राजीनामा पत्र बुझाएका हुन् । कनकाई नगरपालिकाका नगरप्रमुखका आकांक्षी थापाले अन्तिम अवस्थामा टिकट नपाएपछि पार्टीमा केही लोभीपापीले जरो गाडेको भन्दै राजिनामा दिएका हुन् ।
लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएका थापाले टिकट नपाउँदा उनका समर्थक तथा शुभचिन्तकहरु दुखी भएका छन् ।

Views: 552

