Aamsanchar

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्ने

Author Image
मङ्गलवार, साउन २४, २०७९

काठमाडौं । आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले आज मंगलबार दल दर्ता गराउँदैछ।

दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको एमालेको निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले बताएका छन्।

दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेताहरू आयोग पुग्नेछन्।

मालेले यस अघि प्रदेश संरचना खारेजीको मुद्दा उठाएको थियो ।  

आयोगले आउँदो निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरु गरिसकेको छ। आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ।

Views: 124

प्रतिक्रिया (०)