Aamsanchar

ब्रेकिङ : चारपाने स्थित मुख्य सडकमा तार खस्यो, दुईवटा मोटरसाइल दुर्घटना

Author Image
मङ्गलवार, भदौ १४, २०७९

बिर्तामोड । झापाको विर्तामोड नगरपालिका–२ चारपाने चोकको चौ बाटोमा टेलिफोन, इनटरनेटको तार मुख्य राजमार्गमा लत्रिएको छ । तारका कारण दुईवटा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा कुन कुन मोटरसाईल परे र चालकको अवस्था बारे पूर्ण विवरण आएको छैन ।

प्रत्यक्षदर्सीको भनाई अनुसार मोटरसाईकलमा क्षती पुगे पनि चालकको अवस्था सामान्य रहेको छ ।

मालबहाक ट्रकले तार सडकमा खसाले पछि तारहरु यत्र तत्र लत्रिएको हो । अहिले सवारी साधन आवत जावत गर्दा तार नातिएर बिजुलीका पोलहरुमा क्षती पुगेको छ । दक्षिण पट्टीको ट्रन्समिटरमा आगलागी भएको छ । घटना स्थलमा प्रहरी आई पुगेको छ भने स्थानीयहरुले सवारीहरुलाई रोकेर वर्तमान अबस्थाको बारेमा जानकारी दिईरहेका छन ।

उत्तर–दक्षिण तर्फ टागिएको तार अहिले सडक भन्दा केही माथी पासो झै बनेको अवस्थामा रहेको छ । उक्त तार लाई प्रहरी र स्थानीयहरुले काटेर हटाउने तयारी गरिरहेका छन् ।

Views: 597

प्रतिक्रिया (०)

सम्बन्धित खबर