Aamsanchar

रोटयाक्ट क्लब सुरुंगाले २० जना बालकबालिकाको मुहारमा खुसी ल्याइदियो 

Author Image
शनिवार, असोज १५, २०७९

सुरुंगा ।  दसैँको अवसर पारेर रोटयाक्ट क्लब सुरुंगा ले बालबालिकाहरूलाई निशुल्क नयाँ लुगा वितरण गरेको छ ।

आज झापा गाउँपालिका स्थित नमुना प्राथमिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका २० जना बालबालिकाहरूलाई नयाँ लुगा टिसर्ट वितरण गरिएको हो ।

दशैँले छपक्कै छोपेको छ । गाउँघरमा धेरै बालबालिकाहरू नयाँ लुगा लगाउन पाउने हुँदा फुरुङ्ङ बनि रहेका छ । तर समाजमा कतिपय परिवारलाई दशैँले छुन नै सकेको छैन । चरम आर्थिक अभावको कारण नयाँ लुगा लाउने इच्छा चाहनालाई मार्न बाध्य बनेका  उक्त विद्यालयका लक्षित वर्ग समुदायका बालबालिकाहरूको मुहारमा हाँसो ल्याउन क्लबमा आवद्ध सदस्यहरूमा संकलन गरिएको रकमबाट  नयाँ लुगा वितरण गरिएको क्लबका अध्यक्ष  रोशन साहले बताए ।

अध्यक्ष साहको अध्यक्षतामा आयोजित लुगा वितरण कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष अञ्जु देवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि थपलिया, वडा नम्बर ३ का वडाध्यक्ष सुवास गणेश लगायत वक्ताहरूले रोट्याक्ट क्लब सुरुंगा ले गरेको कामको प्रशंसा गरेका थिए ।

दिक्षा राईको संयोजनमा भएको कार्यक्रमको सञ्चालन सारीका गिरीले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर