Aamsanchar

मोरङ ३ मा रेखा थापाको समर्थनामा नाराबाजी

Author Image
शनिवार, कार्तिक १९, २०७९

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका हुन् ।
शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा १२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नारा लगाएका थिए ।
रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन्   ‘ुधेरै पटक अरूलाई हेर्यौं अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नु हुँदो रहेछ भनेर समर्थन गरेको हो । हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हेरौँ भनेर हो ।’

चौधरीले महिला प्रतिनिधि आउँदा आफ्नो समस्या गुनासो सुनाउन समेत सहज हुने जिकिर गर्दै भनिन्  ‘पुरुष प्रतिनिधि आउँदा के भन्ने के बोल्ने भन्ने हुन्थ्यो । महिला नै प्रतिनिधि हुँदा समस्या सुनाउन समेत सहज हुने रहेछ ।’

मोरङ ३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कङ्ग्रेसका सुनिल शर्मा ९न्यौपाने० बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यश क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा चिन्ताजनक अवस्थामा रहे पनि थापालाई महिला तथा युवाहरूले बलियो साथ दिएका छन् ।

यस अघि शुक्रवार समेत घरदैलोका क्रममा थापालाई पथरीशनिश्चरेका स्थानीय महिलाहरूले फुल माला र अबिर सहित उत्साहजनक ढङ्गले स्वागत गरेका थिए ।

त्यस्तै  बेलबारी, कानेपोखरी र पथरीका सुकुम्बासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए । जस कारण पनि थापाको उपस्थिति कङ्ग्रेस र एमालेको लागि चिन्ताजनक बन्दै गएको छ ।

Views: 271

प्रतिक्रिया (०)