Aamsanchar

झापा १ मा गठबन्धनका उम्मेद्वार मतदाताका गुनासा सुन्दै टिप्दै

Author Image
शनिवार, कार्तिक १९, २०७९

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं। १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ ।

झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ, प्रदेश “ख” का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलोमा पुगेर मतदाताका गुनासा सुन्ने र जितेर गएपछि गर्न सक्ने योजनाका विषयमा अन्तरसम्वाद गरेका छन् ।

गठबन्धनका उम्मेद्वारहरुले झापा क्षेत्र नं. १ का समस्यालाई नजिकबाट बुझेको र जितेर गएपछि योजनालाई प्रदेश तथा राष्ट्रिय स्तरबाट कार्यान्वयनको तहमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले झापा क्षेत्र नं. १ लाई जनताले अनुभूति गर्नेगरी नमूना क्षेत्रको रुपमा विकास गरिने वचन पनि दिए ।

झापा क्षेत्र नं। १ का उम्मेद्वार शर्मा र प्रदेशका उम्मेद्वार तामाङले शनिबार भद्रपुर-९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । मतदातासँग प्रत्यक्ष भलाकुसारी गर्दै उम्मेद्वार शर्माले मत मागेका छन् । घरदैलो अभियानमा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेलगायत गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए ।
यस्तै, प्रदेश “ख” का उम्मेद्वार श्यामविर लिम्बूले शनिबार बुद्धशान्ति गाउँपालिका वडा नं.४ मा घरदैलो गरेका छन् ।

Views: 265

प्रतिक्रिया (०)