

बागमती किनारका सुकुम्बासी र काठमाण्डौं माहनगरपालिका बिच बस्ने र हटाउने संर्घष चलिरहेको छ ।

‘राजनीति दलहरुको हरेक घोषणा पत्रमा सुकुम्बासी समस्या समाधान गरिने लेखिएको छ । तर कहिलै कार्यनयन प्रति चासो भने देखाईएको छैन । सुकुम्वासी समस्या समाधान हुनु भनेको कतिपय दलको राजनीति नै समाप्त हुदै जानु हो । गरिवी र समस्या देखाएर राजनीति टिकाएका छन् । अब समय फेरियो हिजोको जस्तो स्वार्थ को राजनीति गर्नेहरुको दिन गएको’ एक स्थानीयले बताए ।

काठमाण्डौंमा रहेका नदी क्षेत्र र सार्वजनिक स्थलमा बनाईएका संरचनाहरु हटाउने कामलाई काठमाण्डौं महानगरपालिकाले अभियानकै रुपमा सञ्चालन गर्दै आएको थियो । चुनाव अगाडी महानगरले बागमती किनारमा रहेको सुकुम्बासी टोलमा सो क्षेत्रबाट हट्न सुचना गरेको थियो । त्यौ सूचनालाई दलका नेताहरुले कुनै प्रतिक्रिया व्यक्त गरेनन् । आजको विषयलाई बुझ्ने हो भने पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले केही बोलेका थिएनन । अहिले भने ओलीको भनाई प्रति सर्वत्र आलोचना र समर्थन हुन थालेको छ ।

निर्वाचन आयोगको आचारसंहिताले रोकिएको काठमाण्डौं महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान पुन : सुचारु गरेको छ । तर महानगरपालिकाको कामलाई अवरोध गर्दै सुकुम्बासीको नाममा नारा जुलुस सुरु भएको छ । विभिन्न दलका नेताहरुले मुद्धालाई उचालेर महानगरपालिकाको काम र मेयर बालेन साहलाई असफल बनाउने प्रयास गरिदै छ भन्दै थापाथलीका एक जेष्ठ नागरिकले आक्रोस पोखेका छन् ।
डोजर नचलाउनू : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन काठमाडौँ महानगरपालिकालाई चेतावनी दिनुभएको छ। बालकोटस्थित निवासमा सुकुम्बासी अगुवासँग मङ्गलबार साँझ भएको भेटमा उहाँले महानगर प्रमुख बालेन्द्र शाहको बाग्मती नदी किनार अतिक्रमण गरी बसेका सुकुम्बासीलाई बलपूर्वक हटाउने कार्यको विरोध गर्नुभएको हो।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परिश्रमीको नेतृत्वको टोलीसँग कुरा गर्दै अध्यक्ष ओलीले डोजर चलाएर सुकुम्बासी समस्या समाधान नहुने बताउनुभयो। भेटमा सहभागी मोर्चाका संस्थापक सल्लाहकार हुकुमबहादुर लामाले भन्नुभयो, “अध्यक्ष ओलीले बालेनजीको कार्यशैली ठीक छैन, म सुकुम्बासीको पक्षमा छु, डोजर चलाएर समस्याको समाधान हुँदैन, भन्नुभयो।” सल्लाहकार लामाका अनुसार ओलीले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले थापाथलीमा सुकुम्बासी बस्ती हटाउन खोज्दा आफूले विरोध गरेको स्मरण गर्नुभयो। भेटमा मोर्चाका सल्लाहकार इन्द्र लामा र पदम सिजापति तथा सुकुम्बासी अगुवा विमला लामा पनि सहभागी हुनुहुन्थ्यो।
कुचेष्टा नगरियोस् : बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बाग्मती किनारका सुकुम्बासी हटाउने कार्यमा सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ। सुकुम्बासीलाई नहटाउन ओलीले दिएको चेतावनीपछि सामाजिक सञ्जालमा जवाफ लेख्दै प्रमुख शाहले ‘सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न’ चेतावनी दिनुभएको हो।
उहाँले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्बासी समस्या समाधान गर्न नसकेको, मन्त्री र पटक–पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुँदा पनि सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको बरु सुकुम्बासीहरू भोट बैङ्क मात्रै रहेको स्मरण गराउनुभएको छ । तिनलाई राजनीतिक स्वार्थवश गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थविपरीतका कुरामा प्रयोग गरेको आरोप लगाउँदै प्रमुख शाहले भन्नुभएको छ, “तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो रु यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन।”

