Aamsanchar

नेपालकाे ४४ औं प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष दाहाल नियुक्त

Author Image
आइतवार, पौष १०, २०७९

काठमाडाैं –नेपालकाे ४४ औं प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएकाे छ ।आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुएकाे थियाे ।

दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बन्नु भएकाे थियाे ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर