Aamsanchar

भद्रपुरका ओलीद्वारा लिखित किताब ‘दिव्य दृष्टि’ लोकार्पण हुने

Author Image
शुक्रवार, असोज १८, २०८१

बिर्तामोड । लागूऔषध विरुद्ध सशक्‍तरूपमा काम गर्दै आएका एक अभियन्ता भद्रपुर चन्द्रगढी निवासी इन्द्रप्रसाद ओलीद्वारा लिखित किताब दिव्य दृष्टिको लोकार्पण हुने भएको छ ।

असोज १९ गते बिर्तामोड सिटी सेन्टर स्थित पार्टी प्यालेसमा भव्य समारोहमा बिच किताब विमोचनको तयारी गरिएको लेखक ओलीले बताए ।

भद्रपुर-७ मा रहेको चेतना नेपाल नामक संस्था प्रकाशक रहेको किताब दिव्य दृष्टिको लोकार्पण कोशी प्रदेश आन्तरिक  तथा कानून मन्त्री लीलावल्लभ अधिकारीले गर्ने भएका छन् ।
विजय दशमीको शुभकामना आदन प्रदान सहितको कार्यक्रममा जिल्लाका लेखक, साहित्यकार, शैक्षिक र सामासिक क्षेत्रमा क्रियाशील व्यक्तित्वको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर