बिर्तामोड । बिर्तामोड २ को सोमबारे यङ स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि राजगढ एफसीले जितेको छ ।

फाइनल खेलमा घैलाडुब्बा युवा क्लबलाई १ को विरुद्ध ४ गोल अन्तरले हराउँदै राजगढले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै विजेता राजगढले नगद ५१ हजार, ट्रफी र मेडल प्राप्त गर्यो । उपविजेता बनेको घैलाडुब्बाले नगद २५ हजार ५००, ट्रफी र मेडलमा चित्त बुझायो ।
राजगढका लागि खेलको २६ औँ र ३९ औँ मिनेटमा दिपेश श्रेष्ठले गोल गरे । त्यस्तै, ४१ औँ मिनेटमा अभिषेक फागो र ४३ औँ मिनेटमा किस्मत लिम्बूले गोल गरे ।

घैलाडुब्बाका लागि २५ औँ मिनेटमा जितेन टुडूले सान्त्वाना गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच राजगढका दुई गोलकर्ता श्रेष्ठ भए ।
प्रतियोगितामा उत्कृष्ट गोलकिप्पर राजगढका आयुष लिम्बू, प्रशिक्षक मोहन बजगाईं, डिफेन्डर तारानाथ राजवंशी र सर्वोत्कृष्ट खेलाडी घैलाडुब्बाका प्रविन थेवे भए ।


फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको थियो ।

